Computer Technology & New Google

Friday, January 20, 2017

श्रीमानका अगाडि गर्न नहुने यी २० कुरा

श्रीमान श्रीमतीको सम्बन्धलाई सुमधुर बनाउन अनेक उपाय अपनाइन्छन् । विश्वका अधिकांश देशमा पुरुष मानसिकता नै हाबी देखिन्छ । दम्पत्ती बीचको सम्बन्धलाई सुमधुर बनाउदा दुवैले धेरै विषयमा सम्झौता गर्नुपर्ने हुन्छ । त्यसमा पनि श्रीमतीले अझ बढी सम्झौता गर्नुपर्ने अनुसन्धानले देखाएको छ । पछिल्लो एक अनुसन्धानबाट सार्वजनिक भएको निष्कर्षमा उल्लेख भएका श्रीमानका अगाडि श्रीमतीले गर्नु नहुने २० बुँदा :
१. श्रीमानसँग ठूलो आवाजमा कहिल्यै नबोल्नु ।
२. श्रीमानको कमजोरी परिवार र साथीको अगाडि नखोल्नु ।
३. आफ्नो मुड अनुसार कहिल्यै कुरा नगर्नु ।
४. अरु पुरुषसँग कहिल्यै तुलना नगर्नु ।
५. श्रीमानको साथीको बारेमा कहिल्यै नराम्रो नबोल्नु ।
६. उसले तिमीसँग विहे गरेको भन्ने कुरा कहिल्यै नबिर्सनु ।
७. कहिल्यै पनि अरुलाई तिम्रो श्रीमानको ख्यान गर्नु नभन्नु ।
८. कुनैदिन श्रीमान खाली हात घर आए, उसलाई गाली नगर्नु ।
९. श्रीमानको पसिना ख्याल गर्नु ।
१०. श्रीमानले चाहेको समयमा यौन सम्बन्ध राख्न तयार बन । किनभने पुरुषको लागि यो निकै महत्वपूर्ण छ । लामो समयसम्म यौन सम्पर्क नराख्दा उसलाई तनाव हुन्छ ।
११. सेक्स प्रस्ताव अस्वीकार गर्दै नगर्नु ।
१२. समुहमा रहँदा श्रीमानलाई पहिला जवाफ दिने मौका दिनु ।
१३. बच्चाको अगाडि कहिल्यै श्रीमानलाई गाली नगर्नु ।
१४. घरबाट बाहिर निस्कनु अघि श्रीमानको कपडा ख्याल गर्नु ।
१५. आफ्नो साथीलाई श्रीमानको धेरै नजिक हुने मौका नदिनु ।
१६. शौचालय गएको र लुगा लगाउने बेलामा धेरै हतार नगर्नु।
१७. आफ्नो मायालाई पैसासँग तुलना नगर्नु ।
१८. श्रीमानको अगाडि आफु धेरै व्यस्त नहुनु । उसलाई समय दिनु ।
१९. श्रीमान र आफ्नो कामको तुलना नगर्नु ।
२०. आफ्नो पूर्व प्रेमीसँग कहिल्यै तुलना नगर्नु ।

यस कारण गरेका रहेछन् यमबुद्धले आत्महत्या , शव नेपाल ल्याउने तयारी

लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए ।
रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ । बंगारा भाँचिनुलाई सामान्य मानिएको छ । शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् ।हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।