Computer Technology & New Google: यस कारण गरेका रहेछन् यमबुद्धले आत्महत्या
Showing posts with label यस कारण गरेका रहेछन् यमबुद्धले आत्महत्या. Show all posts
Showing posts with label यस कारण गरेका रहेछन् यमबुद्धले आत्महत्या. Show all posts

Friday, January 20, 2017

यस कारण गरेका रहेछन् यमबुद्धले आत्महत्या , शव नेपाल ल्याउने तयारी

लन्डनस्थित आफ्नै निवासमा झुन्डिएका भेटिएका चर्चित र्यापर अनिल अधिकारी ‘यमबुद्ध’ले आत्महत्या नै गरेको लगभग पुष्टी भएको छ । मंगलबार आएको पोष्टमार्टम रिपोर्टबाट चिकित्सकले आत्महत्या भएको पाइएको मौखिक जानकारी परिवारलाई दिएका हुन् । रिपोर्टले यम बुद्धले मदिरा पिएको देखिएपनि लागू औषध भने सेवन नगरेको देखाएको उनी निकट एक पारिवारिक सदस्यले जानकारी दिए । बेलुकी उनले श्रीमतीसँग बसेर वाइन भने पिएका थिए ।
रिपोर्टमा बंगारा अलिकति सरेको र भाच्चिएको पाइएको पनि जनाइएको छ । बंगारा भाँचिनुलाई सामान्य मानिएको छ । शनिबार बिहान लन्डनस्थित रइसलिपमा उनी बाथरुममा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
पारिवारिक सदस्यका अनुसार, रोयल मेलको काम सकेपछि घर आइ खाना खाएर सुतेका यम राती तीनबजेतिर बाथरुम छिरेका थिए । बिहान ६ बजे घरकै अरु सदस्यले ढोका ढकढक गर्दा खुलेन । पछि भित्र जांदा उनी झुण्डिएको अवस्थामा भेटिएका थिए ।
यसैबीच, यमले आफ्नो पासपोर्ट टुक्रा टुक्रा पारेर च्यातेको पाइएको तथ्य पनि खुलेको छ । उनले किन पासपोर्ट च्याते त्यो चाहिं खुलेको छैन् ।हाल उनको शव नर्थवीक पार्क अस्पतालमा छ । उनका परिवारजनले शव नेपाल लैजान चाहिरहेका छन् । तर कहिले ल्याउने वा नल्याउँने भन्ने बारे आधिकारिक पुष्टी भइसकेको छैन् ।